Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप कप छनोटकाे अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध ५८ रन जोड्दा नेपालले गुमायो ३ विकेट


    बिहिबार, जेष्ठ २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं। विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्याण्डसँग खेलेको छ।

    उक्त आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले ५८ रन जोड्दा ३ विकेट गुमाएको छ ।

    दक्षिण अफ्रिकामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३ ओभर १ बलमा ५८ रन जोड्दा ३ विकेट गुमाएको हो ।

    आसिफ शेख २८, कुशल भुर्तेल १६ र भीम सार्की ८ रन जोडेर आउट भएका छन्

    यो समाचार तयार पार्दासम्म कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।

    १० दिनपछि जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी क्रममा नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेलेको हो ।

    यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो। नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार