Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदेशिक रोजगारमा कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख ठगी गर्ने दुई पक्राउ


    बुधबार, जेष्ठ २४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै साढे नौं लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुका शेर बहादुर तामाङ र झापाकी मुना देवी कार्की रहेका छन् ।

    उनीहरुलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरबाट र कार्कीलाई बबरमहलबाट पक्राउ गरेको हो ।

    कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु लिखुपिके गाउँपालिका १ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने ४६ वर्षीय शेर बहादुर तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

    तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ५ लाख रुपैयाँ लिएर सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका १० घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका(८ बस्ने ४५ वर्षीया मुना देवी कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    कार्कीले वैदेशिक रोजगारको लागि दुबई पठाई बाइक राईडरमा मासिक १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी १ जना पीडितबाट पटकपटक गरी ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएकी थिइन् ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार