Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने व्यक्ति पक्राउ


    शुक्रबार, असोज १२ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुबई पठाइदिन्छु भन्दै तीन लाख बढी रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्घाखाँचीका २५ वर्षीय अशोक भट्टराईलाई पक्राउ गरेको हो। उनी काँडाघारीबाट पक्राउ परेका थिए।

    भट्टराईले अजय कुमार महतोलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि ३ लाख ५ हजार लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।

    उनले बाइक राइडरमा काम लगाइदिने र मासिक ८० हजार पाउने भन्दै प्रलोभन देखाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार