Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • क्रोएसिया पठाइदिने भन्दै करोडौँ ठगी गर्ने एक जना पक्राउ


    आइतबार, मंसिर ३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • बिर्तामोड। झापाका सय बढी युवाको रोजगारीका लागि क्रोएसिया उडाइदिने भन्दै करोडौँ रुपियाँ ठगी गर्ने युवा संजय सरदार विराटनगबाट पक्राउ परेका छन् ।

    झापा कनकाई नगरपालिका ३ सुरुङ्गा बजार र कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका एक सय बढी युवालाई राम्रो देशमा रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति १ लाखदेखि ३ लाखका दरले रकम उठाएर मोरङ पोखरीया घर भई हाल कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने ३९ वर्षीय सञ्जय सरदारलाई शनिवार साँझ विराटनगरको कटहरस्थित आदर्श नगरबाट प्रहरीले पक्राउ गरेको हो ।

    सरदारलाई विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय विराटनगरमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सरदारले त्यहाँका अन्य मानिसहरूलाई समेत विदेश राम्रो देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको र उनी हाल लुकिछिपी बस्दै आएको प्रहरीको भनाई रहेको छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ ।

    सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गत साउन महिनाबाट बेपत्ता बनेका थिए । सरदारले रकम ठगी गर्नेहरूमध्ये २ महिला सहित १६ जनाको समूहलाई भारतको डिल्ली समेत पुर्‍याएर त्यहाँ मेडिकल र बायो मेट्रिक गराएको समेत नाटक गरेको स्थानीय सनम राईले बताए । भारतको डिल्लीमा त्यहीको अर्को ठगलाई बोलाएर आफूहरू बसेकै होटेलमा आएर बायोमेट्रिक गराएको र नेपाल ल्याएपछि उनीहरू चाँडो उठ्छन् भन्दै गाउँका अन्य युवाहरूबाट १ लाखदेखि ३ लाखसम्म सुरुमा डकुमेन्ट बनाउन भन्दै रकम र पासपोर्ट लिएको राईले बताए ।

    दिल्लीमा पुगेर १६ जनाको समूह फकिएपछि झन् विश्वासमा परेर अधिकृतको जागिर सेना प्रहरीको जागिर समेत छाडेर गाउँले युवाहरूले रकम दिएको बताइएको छ ।

    सरदारले सय जना बढी युवाको यसरी रकम उठाएर एकाएक फरार बनेपछि आफूहरू ठगिएको थाहा पाएको पीडित युवा कनकाई नगरपालिका ३ का सुवास श्रेष्ठले बताए । श्रेष्ठले आफूले विदेश जान भनेर खादै गरेको नेपाली सेनाको जागिर समेत छाडेको बताए ।

    त्यस्तै सरदार हाल प्रहरी हिरासतमा रहेको र आइतबारबाट आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार