काठमाडौं । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्राउ गरेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार गुरुङले थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा मासिक एक हजार अमेरिकी डलरको जागिर लगाइदिने प्रलोभन देखाएर दुई जना नेपाली युवकलाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई बन्धक बनाएर गैरकानुनी धन्दामा लाग्न बाध्य पारेकी थिइन् ।
कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा थाइल्यान्ड पठाई त्यहाँबाट झुक्याएर म्यानमार पु¥याइएका युवालाई बन्धक बनाई दैनिक १८ देखि २० घण्टासम्म अनलाइन स्क्यामिङ गर्न बाध्य पारेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा अङ्ग्रेजी टाइपिङ गर्नुपर्ने भन्दै गुरुङले पीडितहरूलाई काठमाडौँस्थित आफ्नो घरमै बोलाई अङ्ग्रेजीको टाइपिङको जाँचसमेत लिएकी थिइन् ।
टाइपिङमा पास भएका भनिएका युवासँग जनही दुई लाख ६० हजार रुपियाँका दरले असुल गरेका गुरुङसहितको गिरोहले म्यानमार पुर्याएपछि पीडितहरूलाई अमेरिकी नागरिकलाई अनलाइनमार्फत बिटकोइनलगायतका भर्चुअल करेन्सीबाट ठगी गर्न लगाउने गरेको खुलेको छ ।
म्यानमार पु¥याएर बन्धक बनाएको स्थानमा चारैतिरबाट सुरक्षा गार्डले पहरा दिने गरेको र सिसिटिभी क्यामराबाटसमेत निगरानी गरी चरम श्रम शोषण गरेको पाइएको पङ्गेनीले जानकारी दिए ।
सो गिरोहले पीडतहरूलाई म्यानमारबाट नौ महिनामा नेपाल फर्कन आठ लाख रुपियाँ फिरौतीसमेत लिएको खुलेको छ । विदेशी नागरिकलाई कम्पनीले भने अनुसार ठगी गर्न नसक्नेलाई कुटपिट गर्ने, विद्युतीय झड्का लगाउने जस्ता चरम शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । फेसबुक, ह्वाटसएप, ट्विटर जस्ता सामाजिक सञ्जालमार्फत अमेरिकी, युरोपेली नागरिकलाई ट्र्यापमा पार्ने, भर्चुअल करेन्सीमा लगानी गर्ने भनी झुक्याएर ठगी गर्न बाध्य पारेको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend