Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषद्‍बाट मेयर शाहको बेल्जियम भ्रमण स्वीकृत


    बुधबार, जेष्ठ २४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृत गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मेयर शाहलाई जेठ २९ देखि ३२ गतेसम्म बेल्जियममा हुने विश्वका महानगरपालिकाहरूको सम्मेलनमा सहभागी हुन स्वीकृति प्रदान गरेको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर शाह ब्रसेल्समा हुने मेट्रोपोलिस वर्ल्ड कंग्रेस र ब्रसेल्स अर्बन समिट-२०२३ मा सहभागी हुन बेल्जियम जाने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार