काठमाडौं । बालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा भारत, चीन, पाकिस्तानदेखि बिभिन्न देशका सरकार प्रमुखहरुले बधाइ सन्देश पठाइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक संजाल ट्वीटरबाटै बधाइ दिएका थिए ।
यसैक्रममा दलाई लामाका दूत तिब्बती निर्वासित सरकारका प्रमुख प्रशासक सिक्योंग पेन्पा छिरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उनले बधाई सन्देश पठाएका हुन् ।
लाई लामाको भारतस्थित धर्मशालाबाट केन्द्रीय तिब्बती प्रशासनका प्रमुख छिरिङले बधाइ दिएका हुन् । उनले बधाइ सन्देशमा लेखेका छन्–‘हालैको जेन–जी नेतृत्वको आन्दोलनपछि तपाईं नेपालको कान्छा प्रधानमन्त्रीका रूपमा उदय हुनु नेपाली जनताको, विशेष गरी युवापुस्ताको आकांक्षाको शक्तिशाली प्रतीक हो ।’
नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौँदेखि कायम रहेको उल्लेख गर्दै नेपालमा बस्दै आएका तिब्बती शरणार्थीलाई तिब्बती समुदाय भनेका छन् ।
नेपाल र चीन बीचको असल सम्बन्ध, एक चीन नीतिप्रतिको अटल विश्वासमा आँच आउनेगरी दलाइ लामाका मुख्य प्रशासक छिरिङले तिब्बती भूभाग जबर्जस्ती अधिग्रहण गरिएको आरोप लगाएका छन् ।
चुनाव गराउन गठित नागरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले नै शुभकामना दिएका जिए । जबकि नेपालले तिब्बतलाई चीनको अविभाज्य र सार्वभौम भूभागको रूपमा मान्यता दिँदै आएको छ । नेपाल सधैं एक चीन नीतिको पक्षमा रहँदैआएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend