काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै ओलीले यस्तो व्यंग्य गरेका हुन् ।
बजेट बनाउने अघिल्लो रात अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’प्रति लक्षित गर्दै उनले व्यंग्य गरेका हुन् । ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिनुपरेको बताएका थिए ।
जवाफमा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने मान्छे समेत पाइसक्दा हामीकहाँ भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका हुन् ।
“यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्युपटर बनाउने पनि, चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,” ओलीले व्यंग्य गरे ।
राष्ट्रपति रामचन्द्र पौडेलले १० जना व्यक्तिलाई बिनाकाम तलब दिएर राखेको भन्दै अर्थ मन्त्रालयले किन योग्य मान्छे नराखेको भन्ने प्रश्न गरे ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend