काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त पार्टीको स्थायी समिति बैठकका लागि संयुक्त प्रस्ताव तयार पारेका छन् । लामो समयको विवादपछि आएको प्रस्तावसँग नेकपाको विवाद अन्त्य भएको बुझिएको छ ।
दुई अध्यक्षबीचको विवाद मिल्नुको मूलआधार भनेको प्रधानमन्त्री अोलीले पाँच वर्ष नै सरकार सञ्चालन गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने रहेको छ ।
स्थायी कमिटी बैठकका लागि तयार पारिएको साझा प्रस्तावअनुसार प्रम ओली सरकारको काममा केन्द्रित हुनेछन् । यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनेछन् । अध्यक्षद्वयले शुक्रबारका लागि बोलाइएको स्थायी कमिटी बैठकका लागि उक्त साझा प्रस्ताव तयार पारेका हुन् ।
विभिन्न १५ बुँदा र त्यसका उपबुँदामा उल्लेखित प्रस्तावले पार्टी सञ्चालन देखि पार्टी एकताका बाँकी कामसम्म समेटेको छ । प्रस्तावमा प्रम ओलीको राजीनामाबारे केही उल्लेख पनि छैन । यसअघि स्थायी समिति बैठकमा प्रम ओलीलाई पार्टीको अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिएको थियो ।
‘पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदअनुरुप बैठक सञ्चालन गर्ने । सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सबल बनाउने’, सहमतिमा भनिएको छ ।
त्यस्तै पार्टी एकता भएको दुई वर्ष बितिसकेकाले पार्टी एकताका बाँकी रहेका कामहरु पनि चाँडै सम्पन्न गर्ने दुई अध्यक्षबीच सहमति भएको छ । अध्यक्ष अोली र अर्का अध्यक्ष प्रचण्डले नेतृत्वमा उत्पन्न असमझदारी र एकीकरणका संगठनात्मक विषयहरुमा सहमति हुन नसक्ने जस्ता समस्याहरुले एकीकरण प्रकृयामा अनपेक्षित विलम्ब हुन पुगेको स्वीकार गरेका छन् ।
त्यस्तै केन्द्रीय कमिटीको निर्णयअनुसार पार्टीको केन्द्रीय कार्यालय भवन तयार गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मितिअनुसार नै पार्टीको महाधिवेशन गर्ने उल्लेख छ ।
‘२०७७ चैत २५ देखि ३० सम्म पार्टी एकताको भावना र मर्म अनुरुप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने, ’ सहमतिपत्रमा भनिएकोछ , ‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने ।’
त्यस्तै सहमतिअनुसार प्रधानमन्त्री अोलीले एकलौटी रुपमा सरकार सञ्चालन नगर्ने र पार्टीको निर्देशनअनुसार सरकारका काम कारबाही हुनेछ ।
‘सरकारको कामलाई कोभिड –१९ महामारीले सिर्जना गरेको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताहरुको कार्यान्वयन जस्ता महत्वपूर्ण विषयहरुमा केन्द्रित गर्ने’, प्रस्तावमा भनिएको छ, ‘सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने, स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्बैधानिक व्यवस्था, कानुनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीयमन्त्री परिषद् र प्रदेश मन्त्रिपरिषद्को पुर्नगठन तथा राजनीतिक नियुक्ती सम्बन्धी निर्णय गर्ने । मन्त्रिपरिषद् पुर्नगठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।’
त्यस्तै अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे कार्यदलको सुझावअनुसार नै अघि बढ्ने सहमति भएको छ । दुवै अध्यक्षबीच एमसीसीलाई राष्ट्रिय हितमा स्पष्ट पार्दे आवश्यकताअनुसार परिमार्जन र संशोधन गरेर सदनबाट अनुमोदन गर्ने सहमति भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend