Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुटगत र गालीगलौजको राजनीति रोक्न ओली-प्रचण्डको प्रस्ताव


    बिहिबार, भाद्र २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गुटगट राजनीतिलाई कमजोर बनाउने प्रस्ताव ल्याउने भएका छन् । 

    शुक्रबारदेखि पुन: सुरु हुने नेकपाको स्थायी समिति बैठकमा दुई अध्यक्षले गुटगत गतिविधिलाई पूर्ण नियन्त्रण गर्ने कार्ययोजना अघि सारेका हुन्।

    यो प्रस्ताव पारित भएमा नेकपाका नेताहरुले गुटगत राजनीति गर्दै अन्य गतिविधि गर्न र सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप लगाउन पाउने छैननन् ।

    पछिल्लोपटक नेकपाको विवादमा दोस्रो तहका नेताहरु, विशेषगरी दुई अध्यक्षका नजिकका नेताहरु सामाजिक सञ्जालमा अभद्र रुपमा प्रस्तुत भएका थिए । दुई अध्यक्षले यस्तो खालको ‘गुटगत राजनीतिक अभ्यासले पार्टीलाई नै विस्थापित गर्न खोजेको’ भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । 

    गत असार १० गते सुरु भएको स्थायी समिति बैठकले निरन्तरता नपाउँदा नेकपा विभाजनको संघारमा पुगेको थियो।

    अध्यक्ष ओलीले बालुवाटारबाटै आफ्नो गुटलाई परिचालन गर्दै आएका थिए भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि भिन्नै पार्टीको छनक दिने गरी गुटका गतिविधि अघि बढाएका थिए।

    अध्यक्षले तयार पारेको प्रस्तावमा भनिएको छ, ‘आन्तरिक विवादलाई कटुतपूर्ण र यदाकदा शत्रुतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग– अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रुपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरुलाई कडाईका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुसाशीत र पार्टी भित्रको वहस– विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने निर्णय गर्दछ।’

    नेकपामा तीन ठूला गुट र अन्य सहायक गुटहरु सधैँ सक्रिय छन्। पूर्वमाओवादी समर्थित गुटको नेतृत्व दाहालले गर्दै आएका छन् भने पूर्व एमालेभित्र रहेको ओली र नेपाल गुट पनि उत्तिकै सशक्त गुटका रुपमा रहेका छन्।

    शुक्रबार स्थायी कमिटिमा पेश हुने प्रस्तावमा गुटले पार्टीमा अराजकता पैदा गरेको र नेतृत्वले नै त्यसलाई प्रशय दिएको स्वीकार गरिएको छ।

    ‘संस्थागत प्रणाली र वैधानिक व्यवस्थालाई चुनौती दिने प्रवृति झाँगिदै जाँदा पद्धतिहीनता, गुटबन्दी, अराजकता र अनुशासनहिनता फैलिँदै गयो। विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ति, कमजोरीहरु हुन पुगे, कार्ययोजनाम भनिएको छ।

    त्यस्तै सामाजिक सञ्जालमा दुई वा तीन पक्षमा विभाजित भएर अर्को पक्षमाथि आरोप लगाउने, खुइल्याउने जस्ता कार्यलाई पनि नियन्त्रण गर्ने भनिएको छ।

    प्रस्तावमा लेखिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईकासाथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई निर्देशित गर्दछ।’

    नेकपाले पारदर्शी र जवाफदेही जीवन शैलीलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ। पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिको जीवनशैली भद्धा र अपारदर्शी हुँदै भएकाले त्यसलाई विगतमा जारी गरिएइको आचारसंहिता अनुसार नियन्त्रण गर्ने प्रस्ताव गरिएको छ।

    ‘विगतमा तय गरिएको आचारसंहितालाई परिमार्जन गरी कडाईका साथ लागु गर्ने निर्णय गर्दछ। सबैलाई, विशेषतः जिम्मेवार कमरेडहरुलाई पारदर्शी र जवाफदेही जीवनशैली अपनाउन र आफ्नो आचरण तथा कामप्रति जवाफदेही हुन निर्देशित गर्दछ’, कार्ययोजनामा भनिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार