Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोशी प्रदेश सरकारको नेतृत्वमा माओवादीको दाबी


    सोमबार, जेष्ठ २२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा सरकार गठनका लागि पहल थाल्ने निर्णय लिएको हो ।

    कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा बैठक अनिर्णित बनेको छ । बैठकमा सरकारको समर्थनबारे निर्णय लिने तयारी थियो ।

    माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीले दिएको जानकारी अनुसार दलको बैठकले मंगलबार प्रदेशका नेताहरूसँग आवश्यक छलफल गरेर मात्रै निर्णय गर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार