Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध मधेसमा बिहानैदेखि प्रदर्शन


    सोमबार, जेष्ठ २२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक (ऐन) तत्काल कार्यन्वयन नगर्न आइतबार सर्वोच्च अदालतले आदेश दिएपछि मधेसमा आज (सोमबार) बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

    नागरिकताविहिन सर्वसाधारणहरुले सर्वोच्च अदालतको सो आदेशविरुद्ध विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सर्वोच्च अदालत र नागरिकता विद्येयक प्रमाणीकरणको विरुद्धमा रहेका दलहरुविरुद्ध नारावाजी गर्दै राजमार्गमा टायर बालेर प्रदर्शन गरिहरहेका छन् ।

    प्रदर्शनपछि ढल्केवर जनकपुर सडकखण्ड अहिले अवरुद्ध भएको छ । सडकखण्डक अवरुद्ध हुँदा यात्रुहरुलाई समस्या परेका छन् । प्रदर्शनकारीले मधेस प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्ने लगायतका कार्यक्रम तय गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार