Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतकी चर्चित अभिनेत्री सुलोचनाको निधन


    सोमबार, जेष्ठ २२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन भएको छ।

    ९४ वर्षको उमेरमा सुलोचनाको हिजो आइतबार मुम्बईमा निधन भएको हो।

    सुलाेचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्।

    सुलाेचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले आइतबार साँझ ६ बजे अन्तिम सास लिइन्।

    सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्।

    उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर-बहार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार