दाङ। दाङमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा आज दिउँसो पूर्वबाट पश्चिमतर्फ गइरहेको भे १२ प ७५०४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्व गइरहेको रा १ ह ५६०१ नम्बरको तरकारी बोकेको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी अटो चालक घोराही–५ निवासी ३१ वर्षीय किरण रोकाको मृत्यु भएको छ। घाइते भएका रोकालाई उपचारका लागि सिसहनियाँ स्वास्थ्य चौकीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए।
त्यस्तै, दुर्घटनामा परी अटोमा सवार घोराही–१८ मसिना निवासी ५० वर्षीया दिलसरा बादी, मोटरसाइकल चालक राप्ती गाउँपालिका–३ वसन्तपुर निवासी ३४ वर्षीय दोर्णबहादुर चौधरी, मोटरसाइकलमा सवारमा सोही ठाउँ निवासी २६ वर्षीय सुन्दर चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
घाइतेमध्ये मोटरसाइकलका घाइते दुवै जनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज र अटोमा सवार दिलसरा बादीलाई थप उपचार लागि घोराही पठाएको प्रहरीले बताएको छ।
अटो र मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ सोमवारबाट औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियतपूर्ण ऋण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend