Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूँजीगत लाभकरको सहमति जुटेपछि नेप्से सूचक ४६ अंकले बढ्यो


    आइतबार, जेष्ठ २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच पूँजीगत लाभकरको विषयमा सहमती भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उल्लेख्य सुधार आएको छ । आइतबार अर्थमन्त्रालयमा भएको सहमतिअनुसार हाल कायम पूँजीगत लाभकर नै अन्तिम करका रुपमा रहने सम्झौता भएको हो ।

    यससँगै, दिउँसो २ बजेसम्म नेप्से परिसूचक ४६ अंकले बढेको छ । समाचार तयार पार्दा सम्मको अवधिमा परिसूचक ४६ अंकले बढेर १९१३ अंकमा पुगेको छ । यस्तै, यस अवधिसम्म कारोबारमा आएका कम्पनीमध्ये २१० कम्पनीको सेयर बढेको छ भने ९ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।

    यस्तै, ९४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको २६ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य ३७ रुपैयाँले बढेर प्रतिकित्ता ४०७ रुपैयाँ पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार