काठमाडौं । राजनीतिक क्षेत्रमा हुने भ्रष्टाचार एवं गलत संस्कृतिको विरोधमा राजनीतिक दलकै कार्यकर्ताले आवाज बुलन्द गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीका अवसरमा शैलजा आचार्य आदर्श समाजले आज जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमका वक्ताले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्व इमान्दार हुन सके अन्य क्षेत्रका मानिसले अनियमितता गर्ने हिम्मत गर्न नसक्ने बताए ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीका अनुयायीले असल समाज निर्माण गर्न भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय हुनुपर्ने बताए ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीका बेला आरडिटी एवं पिसिआर परीक्षण प्रणाली, रेलमार्गको ठेक्का प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेसलगायत विषयमा भएको भनिएको अनियमितताविरुद्ध आवाज उठाउन उनले आह्वान गरे ।
कार्यक्रममा पत्रकार हरिबहादुर थापाले काँग्रेस सत्तामा रहेका बेला भएका भ्रष्टाचारका विषयमा तत्कालीन काँग्रेस नेत्री शैलजाले पार्टी केन्द्रीय समिति बैठकमै आवाज उठाएपछि पूर्वन्यायाधीश भैरव लम्सालको संयोजकत्वमा छानबिन समिति गठन भएको घटना स्मरण गराए ।
“आयोगको प्रतिवेदन सार्वजनिक गरिएन, राजाको शासनकालमा त्यसैलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकपक्षीय रुपमा कारबाहीको प्रक्रिया अघि बढाउँदा प्रतिवेदनले औँल्याएकाहरुको मनोबल बढेको छ, त्यो प्रतिवेदन सार्वजनिक गराउन दलका कार्यकर्ता आवाज उठाउनुपर्छ”, उनले भने ।
काँग्रेस नेता मधु आचार्य, समाजका अध्यक्ष दुर्गा घिमिरे, पूर्वमन्त्री कमला पन्त, नेत्री रेखा यादवलगायतले पछिल्लो समय भ्रष्टाचारका घटना बढेको र राज्य संयन्त्र टुलुटुल हेरिबसेको आरोप लगाए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend