Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • डेढ करोड मूल्य तोकिएका भारतीय माओवादी नेताको निधन


    आइतबार, जेष्ठ २१ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारत सरकारबाट डेढ करोड मूल्य तोकिएको भारतीय कम्युनिस्ट पार्टी माओवादीका नेता कट्टम सुदर्शनको निधन भएको छ । माओवादी पोलिटव्युरो सदस्य कट्टम सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।

    माओवादी केन्द्रीय कमिटीका प्रवक्ता अभयले प्रेस नोट जारी गर्दै सुदर्शनको हृदयाघातका कारण निधन भएको जानकारी दिएका हुन् ।

    भारत सरकारले उनको टाउकोको मूल्य १ करोड ५५ लाख भारु तोकेको थियो । पार्टीमा दोस्रो बरियतामा रहेका उनलाई भारतीय कम्युनिस्ट पार्टी माओवादीभित्र आन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन, रमेश, महेश र एएन नामबाट पनि चिनिन्थ्यो ।

    तलंगानाको आदिवाबाद घर भएका उनी ६६ वर्षका थिए । उनी भारत विभिन्न ठाउँमा भएका माओवादी आक्रमणमा संलग्न भएको आरोप छ ।

    प्रहरीका अनुसार १९७४ देखि माओवादी आन्दोलनमा सक्रिय कट्टम सुदर्शनमाथि छत्तिसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा संलग्न भएको आरोपसमेत छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार