Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानचेस्टर सिटीलाई एफए कपकोपनि उपाधि


    आइतबार, जेष्ठ २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो ।

    म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो । शनिवार राती वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १–० को अग्रता लिदै सो लिगको उपाधि जित्ने संकेत दिन सुरु गरेको थियो ।

    उता ३३ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरे पछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५१ औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे पछि सिटीले पुन अग्रता लिन सफल भयो । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसक्दा खेल २–१ मा टुंगियो । सो सँगै सिटीले प्रिमियर पछि एफए कपको उपाधि उचाल्न सफल भयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार