काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन भएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर एपफए कपको पनि च्याम्पियन बनेको हो ।
म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै सिटी एफएकपको च्याम्पियन बनेको हो । शनिवार राती वेम्वली स्टेडियम लन्डनमा भएको खेलको पहिलो मिनेटमा नै इल्केए गुन्डोगानले गोल गरे पछि प्रिमियर लिग च्याम्पियन सिटीले १–० को अग्रता लिदै सो लिगको उपाधि जित्ने संकेत दिन सुरु गरेको थियो ।
उता ३३ औँ मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरे पछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिए पनि दोस्रो हाफको ५१ औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे पछि सिटीले पुन अग्रता लिन सफल भयो । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन नसक्दा खेल २–१ मा टुंगियो । सो सँगै सिटीले प्रिमियर पछि एफए कपको उपाधि उचाल्न सफल भयो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend