Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले बैठकबाट चारवटा विशेष प्रस्ताव पारित


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले चार वटा विशेष प्रस्ताव पारित गरेको छ । आज बसेको एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको ठहर गरेको छ । यसको सशक्त विरोध गर्ने पनि एमालेले जनाएको छ ।

    गणतन्त्र दिवसका अवसरमा टीकापुर घटनाका दोषीलाई आम माफी दिएकोमा पनि एमाले आपत्ति जनाएको छ । एमालेले जेठ १५ मा पेश भएको बजेटले मुलुकको समस्या समाधान नगर्ने तथा हुलाक कार्यालय खारेज गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार