काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन्।
आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो सो निर्देशन दिएका हुन् । उनले भन्नुभयो आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिए ।
मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष,संचयकोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए। उनले एयरलाईन्सको स्थिति सुधारको लागि आआफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गर्नु भएको हो । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) ब्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे ।
मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निेर्देशन दिए । खर्चकटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी,क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend