Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापाले भने- सभापति देउवाले एकलौटी निर्णय गरिरहनुभएको छ, म सहन्नँ


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले करिब डेढ वर्षदेखि एकलौटी निर्णय गर्दै आएको भन्दै गुनासो पोखेका छन्।

    पार्टीभित्र र कांग्रेससमेत संलग्न रहेको सरकारले गर्ने निर्णयमा सभापति देउवाले अरूसँग छलफल नगरी एकल निर्णय दिने काम गरिरहेको थापाको भनाइ छ।

    ‘कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण, दीर्घकालीन महत्वको र जनचासोका विषयहरू निर्णय गरेको छ। रेशम चौधरीलाई आममाफी दिने निर्णय, नागरिकता विषय, प्रदेश सरकारमा कांग्रेसको सहभागिता र मन्त्रालय तोडफोड र सांसद विकास कोषलगायतबारे सभापतिले एक्लै गरेको निर्णय हो,’ प्रेस युनियनले काठमाडौंमा शुक्रबार गरेको कार्यक्रममा उनले भने।

    सभापतिले एकलौटी गरेका यस्ता निर्णयबारे आफूले सञ्चार माध्यममा आएपछि मात्रै जानकारी पाउने गरेको थापाको भनाइ छ।

    यी सबै विषयका सन्दर्भमा कांग्रेसको सभापतिले एक्लै गरेको निर्णय हो। यो निर्णय मैले तपाईं (मिडिया)भन्दा पछि थाहा पाएको हुँ,’ उनले भने, ‘अब म सहन्नँ। सभापति बहुमतमा हुनुहुन्छ, मिलाउनुहोला भनेर यतिन्जेल सहेँ।’

    पार्टीको हित नगर्ने गलत किसिमका निर्णयको विरोध गरिने थापा बताउँछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार