Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाका विद्यार्थीहरूद्वारा भारतीय दूतावास अगाडि विरोध प्रर्दशन


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोध प्रर्दशन गरेको छ ।

    नेपाली भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए ।

    उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

    विरोध प्रर्दशनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार