Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बीपीको शब्दकोषमा समावेशी शब्द थिएन, तर व्यवहारमा थियो : शशांक


    बुधबार, भाद्र २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेस पार्टी बीपीको पदचिन्हभन्दा पृथक हिँड्न थालेको बताएका छन् । १ सय ७ औं बीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा कोइरालाले भने, ‘हामी बीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं । बीपीको समाजवाद भन्छौं तर समाजवादी हुन सकेका छैनौं ।’

    बीपी पुत्र शशांकलाले भने, ‘हामी समाजवाद भन्छौं तर स्वास्थ्य र शिक्षा अहिले पनि निशुल्क छैन । समाजवाद उन्मुख संविधानमा भनेका छौं तर हामी त्यतातिर उन्मुख छैनौं ।’ उनले बीपीले भनेको समाजवादमा अहिले केही परिवर्तन आए पनि बीपी विचार सान्दर्भिक रहेको बताए ।

    उनले बीपीको शब्दकोषमा समावेशी शब्द नभए पनि व्यवहारमा भएको बताए । ‘समावेशी शब्द उहाँको डिक्सनरीमा थिएन तर उहाँको मन्त्रिमण्डल समावेशी थियो । महिला र जातजातिलाई समावेश गर्नु भएको थियो । त्यतिबेला अहिलेको जस्तो बाध्यकारी अवस्था थिएन तर उहाँ त्यसमा सचेत हुनुहुन्थ्यो ।’

    कोरोना संक्रमणका कारण घरमै आइसोलेसनमा बसेका कोइरालाले गोष्ठीमा पार्टीमा विद्यमान गुट १४ महाधिवेशनपछि समाप्त हुनुपर्ने पनि बताए । ‘अधिवेशनसम्म गुट हुन्छन्, अधिवेशनपछि हामी एक ढिक्का हुनुपर्छ,’ कोइरालाले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार