काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा नेपाल–भारत सम्बन्ध, साझेदारी विस्तार र ऊर्जा व्यापारमा नयाँ अध्याय खोल्ने गरी सफल भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा भएको प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका क्रममा भएका विभिन्न विषयमा उच्चस्तरीय सहमति भएका छन्।
त्यस क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सात वटा विषयमा सम्झौता भएको छ। तिनमा ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पेट्रोलियम पाइपलाइन विस्तार, एकीकृत जाँच चौकी निर्माण, डिजिटल पेमेन्टसम्बन्धी क्षेत्र समेटिएका छन्।
राष्ट्रिय समाचार समिति र अन्य विभिन्न सञ्चारमाध्यमले जनाए अनुसार नेपाल–भारत पारवहन सम्झौता नवीकरण भएको छ। सम्झौता नवीकरणसँगै नेपालको जल यातायातका साधन भारतीय जल मार्गमा जान पाउने भएका छन्।
त्यस्तै सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगन्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म विस्तार गर्ने, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए तयार गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्ट सम्झौता, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्स्टिच्युटबिच सहकार्य गर्ने सम्झौता भएका छन्।
दुई देशका प्रधानमन्त्रीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि नेपालका ऊर्जा उद्यमी तथा व्यवसायीले चाहेको दीर्घकालीन बिजुली व्यापारसम्बन्धी सहमति भएको जानकारी दिए ।
पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) लाई आगामी तीन महिनाभित्र सहमति जुटाउन सम्बद्ध सरकारी अधिकारीलाई निर्देशन दिइएको छ। नेपाल र भारतबिच बिजुली व्यापारका लागि महत्त्वपूर्ण मानिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको दुई देशका प्रधानमन्त्रीले शिलान्यास गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाका भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट...
काठमाडौँ । सरकारले सडक सुधारका लागि एसियाली विकास बैंक ९एडीबी०बाट ऋण तथा अनुदान सहायता स्वीकार गर्नेदेखि दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसम्मका ६...
काठमाडौँ। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend