Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री


    बुधबार, जेष्ठ १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाह्रखम्बास्थित नेपाली दूतावास पुगेका छन् । प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा आयोजित रात्रिभोजमा उपस्थित हुने उनी त्यहाँ पुगेका हुन् ।

    रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली समुदाय, सञ्चारकर्मीलगायतको सहभागिता छ ।

    आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री प्रचण्ड होटल मौर्यमा बसेका छन् । दूतावास आउनु अघि प्रधानमन्त्रीले अजित डोभाल, विदेश सचिव विनय मोहन क्वात्रासँग होटेलमै भेटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार