काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थमन्त्रालयको जिम्मेवारी आफैंले राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तारमा अर्थमन्त्रीको बागडोर कसलाई देलान् भन्ने कौतुहलको बिषय बनेको छ ।
अर्थमन्त्री हुने पात्रहरुको बारेमा मिडियाले विभिन्न अड्कलबाजी गरिरहेका छन् । तर प्रधानमन्त्री ओलीले भने अर्थ मन्त्रालयमा राज्यमन्त्रीको खोजी गरिरहेको बालुवाटार स्रोत बताउँछ । स्रोतका अनुसार अर्थमन्त्रालयमा राज्यमन्त्री बनाउने पात्रको बारेमा प्रधानमन्त्री ओलीको राष्ट्रपति विद्या भण्डारीसँग पनि अनौपचारिक छलफल भएको छ । त्यसका लागि उपयुक्त पात्रको रुपमा राष्ट्रियसभाकी सांसद डा.विमला पौडेल राईको नाम चर्चामा छ । उनले यसअघि राष्ट्रपतिको सल्लाहकार र योजना आयोगको सदस्यको रुपमा समेत काम गरिसकेकी हुन् ।
थममाया थापा महिला, बालबालिका मन्त्री हुँदा राष्ट्रपतिको आडमा उक्त मन्त्रालयका कामकारबाहीमा उनको प्रत्यक्ष चासो रहने गरेको थियो । बिमला पौडेल हुँदा राष्ट्रियसभा, महिला र जनजाति तीनैतिरको प्रतिनिधित्व हुने भएकाले पनि उनलाई अर्थराज्यमन्त्री बनाउने चर्चा छ । राष्ट्रपतिको विश्वासपात्र भए पनि पौडेल राजनीतिक रुपमा उनी कमजोर नै मानिन्छिन् ।
अर्थमन्त्री प्रधानमन्त्री आफैं रहने र राज्यमन्त्री पौडेललाई राखी अर्थमन्त्रालय डा. खतिवडाले नै चलाउने तारतम्य अन्तर्गत यस्तो गृहकार्य बालुवाटारले गरिरहेको स्रोतको दाबी छ । विमला पौडेललाई अघि सारिएपछि अर्थमन्त्रीका लागि दाम्लो चुँडालेरै लागेकाहरु जिल्लाराम हुने भएका छन् । अर्थमन्त्रीको चर्चामा नेकपा उपाध्यक्ष वामदेव गौतम, महासचिव बिष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे(बिसुवा)लाई धक्का पुगेको छ ।
यसअघि वामदेव गौतमका बिषयमा यसअघि नागरिक समाजका तर्फबाट वक्तब्य जारी गर्ने १० भाइ मध्येका एक टीका ढकाल राष्ट्रपतिको संचार तथा सूचना विज्ञ नियुक्त हुनु नै उनका लागि बाधक बन्न पुगेको एकथरीको टिप्पणी छ ।
कुनैबेला जर्मनी राजदूताबासका कर्मचारी ढकाल सुशील प्याकुरेल र कनकमणि दीक्षितहरुको डिजाइनमा शितलनिवास छिर्न सफल भएका हुन् । पाँचथर घर भएका र माओवादी पारिवारिक पृष्ठभूमिका ढकाल पश्चिमा देशका बफादार हुन् । गत बैशाखमा नागरिक समाजका अगुवाका तर्फबाट ओली सरकारलाई ढाडस दिने १० भाइमध्ये डा. अर्जुन कार्की, विपिन अधिकारी, कनकमणि दीक्षित, जयप्रकाशप्रसाद गुप्ता, रामेश्वर खनाल, रेणु अधिकारी, रेम विश्वकर्मा, सूर्यराज आचार्य, सुशील प्याकुरेलसँगै टीका ढकाल पनि थिए । त्यही बर्को ओढेर ढकाल राष्ट्रपतिको सल्लाकार भएपछि नेकपा निकट पत्रकारहरुबीच हलचल मच्चिएको छ ।
नेकपा बृत्तमा न नाम न काम गरेका ढकाल शितलनिवास दाहिना भएपछि वाम पत्रकारहरुले असन्तुष्टी जनाएका छन् । काम गर्ने कालु मकै खाने… भालु जस्तै भएको टिप्पणी नेकपा निकट पत्रकारहरु गर्न थालेका छन् । राष्ट्रपतिको यो कदमबाट निराश बनेका वामपन्थी पत्रकारहरु राष्ट्रपतिको पक्षमा कलम नै नचलाउने निष्कर्षमा पुगेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend