Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको कति ?


    बुधबार, जेष्ठ १७ २०८०
    2.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ।

    सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ । तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

    बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार