काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ।
सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तर्राष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले सुन र चाँदीको मूल्यमा एकै दिने वृद्धि भएको छ । तोलामै १ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढ्दा बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend