सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-४ कुबिन्डे ढुंगेखोलास्थित शनिडाँडामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा बलेफी गाउँपालिका- २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका-११ का १६ वर्षीय अनिल माझीको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार राति अन्दाजी १२ बजेतिर मोटरसाइकल सडकबाट १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । १२ बजे दुर्घटना भए पनि प्रत्यक्षदर्शीले बुधबार बिहान मात्रै मोटरसाइकल क्षतिग्रस्त देखेर प्रहरीलाई खबर गरेका थिए ।
बिहानै पुगेको सुरक्षाकर्मीले आवश्यक सोधपुछ र अनुसन्धान थालेको सूचना अधिकारी डीएसपी रामकुमार यादवले जानकारी दिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend