सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-४ कुबिन्डे ढुंगेखोलास्थित शनिडाँडामा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार बा ४५ प ५५४१ नम्बरको मोटरसाइकल दुर्घटनामा बलेफी गाउँपालिका- २ नौबिसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी नगरपालिका-११ का १६ वर्षीय अनिल माझीको घटनास्थलमै मृत्यु भएको हो ।
मंगलबार राति अन्दाजी १२ बजेतिर मोटरसाइकल सडकबाट १५० मिटर तल झरेको प्रहरीले जनाएको छ । १२ बजे दुर्घटना भए पनि प्रत्यक्षदर्शीले बुधबार बिहान मात्रै मोटरसाइकल क्षतिग्रस्त देखेर प्रहरीलाई खबर गरेका थिए ।
बिहानै पुगेको सुरक्षाकर्मीले आवश्यक सोधपुछ र अनुसन्धान थालेको सूचना अधिकारी डीएसपी रामकुमार यादवले जानकारी दिए ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend