Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • सरकारले खारेज गर्ने घोषणा गरेको २० वटा संस्था तथा समितिहरु


    मंगलबार, जेष्ठ १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सरकारले २० वटा सार्वजनिक संस्था तथा समितिहरु खारेज गर्ने भएको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट भाषणमार्फत सो कुराको जानकारी दिएका हुन् ।

    सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ ले दिएको सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै सरकार स्थायी संरचनामा दोहारो कार्यक्षत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यकता सकिएका २० वटा सर्वाजनिक संस्था तथा समितिहरु खारेज गरिएको उनले बताए ।

    यी हुन् बजेटमार्फत सरकारले खारेज गर्ने घोषणा गरेका संस्था तथा समितिहरु

    १.कपास विकास समिति खारेज गरिने।

    २.राष्ट्रिय दुग्ध विकास बोर्ड – खारेज गरी सम्बन्धित मन्त्रालयबाट यस सम्बन्धी कार्य सम्पादन हुने।

    ३.फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय – खारेज गरी हुलाक सेवा विभागबाट कार्य सम्पादन हुने।

    ४.केन्द्रीय धनादेश कार्यालय खारेज – गरी हुलाक सेवा विभागबाट कार्य सम्पादन हुने ।

    ५.अतिरिक्त हुलाक कार्यालय – खारेज गरिने ।

    ६. बुढीगण्डकी जल विद्युत आयोजना, वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ – खारेज गरी यस सम्बन्धी काम बुढीगण्डकी जलविद्युत कम्पनीबाट सम्पादन हुने ।

    ७. महिला तथा बालबालिका विभाग – खारेज गरिने ।

    ८.नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति – खारेज गरिने ।

    ९. विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समिति – खारेज गरिने ।

    १०. जिल्ला निर्वाचन कार्यालयहरू – खारेज गरी जिल्ला प्रशासन कार्यालयमा निर्वाचन इकाइ रहने ।

    ११. तथ्याङ्क कार्यालयहरू – खारेज गरी स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरिने र समन्वयका लागि प्रादेशिक स्तरमा कार्यालय स्थापना गर्ने ।

    १२. विभिन्न ताल संरक्षण विकास समिति – खारेज गरिने ।

    १३.भूमिगत जलस्रोत विकास समिति- खारेज गरी अनुसन्धान सम्बन्धी कार्य जल तथा शक्ति आयोगबाट र पूर्वाधार सम्बन्धी कार्य जलस्रोत तथा सिंचाइ विभागबाट हुने ।

    १४.जलस्रोत अनुसन्धान तथा विकास – खारेज गरी अनुसन्धान सम्बन्धी कार्य केन्द्र जल तथा शक्ति आयोगबाट र पूर्वाधार सम्बन्धी कार्य जलस्रोत तथा सिंचाइ विभागबाट हुने ।

    १५. रेल्वे बोर्ड – खारेज गरी बोर्डको कार्य रेल विभागले गर्ने ।

    १६.किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र विकास समिति – खारेज गरी स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी महाशाखा अन्तर्गत सञ्चालन गरिने ।

    १७. राष्ट्रिय सूचना प्रविधि केन्द्र – खारेज गरी यस सम्बन्धी कार्य सूचना प्रविधि विभागले गर्ने ।

    १८.रेडियो नेपाल र नेपाल टेलिभिजन – दुवै निकाय गाभी एकीकृत सार्वजनिक प्रसारण संस्था गठन गरिने ।

    १९. नेपाल इन्टरमोडेल यातायात विकास समिति – खारेज गरी समितिले गरिआएको कार्य नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले गर्ने ।

    २०.पर्वतीय प्रशिक्षण विकास समिति – नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा गाभिने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार