Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइको मृत्यु


    मंगलबार, जेष्ठ १६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुलीमा सर्पको टोकाइबाट २ जना बालकको मृत्यु भएको छ।

    दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदं‌शबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

    मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्।

    सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडीसँग एक तले पक्की घरमा सुतिरहेका थिए।

    मंगलबार बिहान करिब ३ बजे दुबै बालक छटपटाइरहेका थिए।

    ग्रीसको बाँया हातको औंलामा र ग्रीष्मको बाँया खुट्टामा निलडाम देखिएको थियो। उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जानकी हेल्थ केयर जनकपुरमा लगिएको थियो।

    उपचारको क्रममा चिकित्सकले आज बिहान ८ बजे दुवै बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार