Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनुषामा इनारमा खसेर एकजनाको मृत्यु


    मंगलबार, जेष्ठ १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनुषा। धनुषामा इनारमा खसेर १ जनाको ज्यान गएको छ । आज बिहान इनारबाट मोटर निकाल्ने क्रममा खसेर धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ३६ वर्षीय घुरण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

    मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार