काठमाडौं । सरकारले अब विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा २५० ग्रामसम्म सुनका गहना ल्याउन पाउने व्यवस्था गरेको छ । सोमबार आर्थिक वर्ष २०८०/८१ का बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो व्यवस्था गरिएको बताएका हुन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले परिवर्तन गरेको व्यवस्था अनुसार साउन १ गतेदेखि विदेशबाट फर्किदा २५० ग्रामसम्म सुनका गहना ल्याउन पाइने भएको हो ।
योसँगै अब विदेशबाट फर्किने पुरुषले २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् भने महिलाले ५० ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । तर, महिलाले ५० ग्रामभन्दा बढी अर्थात थप १५० ग्रामसम्म सुनका गहना ल्याउनु परे त्यसको कर तिर्नुपर्नेछ भने पुरुषले २५ ग्राम कर छुटमा र थप १७५ ग्राम सुन कर तिरेर ल्याउन पाउनेछन् ।
एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दरअनुसार महसुल लाग्ने र त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ । तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रुपमा मान्यता नदिइने आर्थिक ऐनमा उल्लेख छ ।
युवाले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्यांकन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्यसूची लिई भन्सार कार्यालयहरुमा उपलब्ध गराउने ऐनमा उल्लेख छ ।
यसअघि ५० ग्रामसम्म निःशुल्क र थप ५० ग्राममा प्रति दशग्राम ५ हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था थियो । त्यस्तै, काँचो सुन ल्याउँदा लाग्ने भन्सार शुल्क पनि बढेको छ। यसअघि ५० ग्रामसम्म काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ५ हजार २ सय रूपैयाँ शुल्क लिइँदै आएकोमा अब ६ हजार २ पुग्ने भएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend