Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बालेनको व्यङ्ग्य- वडा अध्यक्षकै काम गर्ने भए किन सांसद बन्नुहुन्छ ?


    मंगलबार, जेष्ठ १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरका मेयर( प्रमुख) बालेन्द्र शाह (बालेन)ले निर्वाचन क्षेत्र विकास कार्यक्रमप्रति व्यङ्ग्य हानेका छन्। सरकारले हिजो सोमबार बजेट भाषणमार्फत सांसद विकास कोष भनेर चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५/५ करोड छुट्याएको छ।

    उक्त विषयलाई लिएर मेयर बालेनले वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्यु भन्दै प्रश्न गरेका छन्।
    उनले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरे। ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो।’मंगलबार बिहान मेयर शाहले भनेका छन्,‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरु।’

    सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरेको छ। ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु’अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ‘यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार