Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारले व्युँतायो सांसद विकास कोष, प्रति सांसद ५ करोड बजेट


    सोमबार, जेष्ठ १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सांसद विकास कोष व्युँताएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसद विकास कोष व्युँताएको जानकारी दिएका छन् ।

    अर्थमन्त्री महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाएका छन् । यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    सांसदहरूको तजविजमा बनाइने आयोजनाहरू प्रभावकारी नभएको र संघीयताको अवधारणाविपरीत रहेको भन्दै आलोचना भएपछि दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमार्फत सांसद विकास कोष  खारेज गरेका थिए । अघिल्लो वर्ष जनार्दन शर्माले ल्याएको बजेटमा पनि यसलाई स्थान दिइएन । तर, अर्थमन्त्री डामहतले यसलाई सुचारु गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार