Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सरकारको घोषणा: प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने


    सोमबार, जेष्ठ १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रोत्साहन भत्ता र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गरेका छन्।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिएको घोषणा गरेका हुन् ।

    उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए ।

    यस्तै अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार