काठमाडौँ। आज गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट १९ कैदीबन्दी जेलमुक्त भएका छन्। विभिन्न अपराधमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका १९ जनाले असल चालचलनको आधारमा बाँकी सजाय माफी पाएका हुन्।
वीरगन्ज कारागारबाट रिहा हुनेहरमा कर्तव्य ज्यान मुद्दाका सातजना, सवारीसाधन मुद्दाका दुईजना, चोरी मुद्दाका तीनजना, हातहतियार खरखजाना मुद्दाका दुईजना तथा ज्यान मार्ने उद्योग, आपराधिक लाभ, सवारी ज्यान उद्योग तथा अंगभंग, लागुऔषध र विनाइजाजत वन पैदावार हानि–नोक्सानी मुद्दाका एक–एकजना रहेका छन्।
कर्तव्य ज्यानका सातजना कैदीबन्दीमध्ये पाँचजनालाई आममाफी भएको वीरगन्ज कारागारका निमित्त जेलर नवराज बर्तौलाले बताए। उनले रिहा भएका कैदीबन्दीलाई फूलमाला र टीका लगाएर बिदाइ गरेका थिए।
१६औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले देशभरका विभिन्न कारागारमा रहेकामध्ये पाँच सय एक कैदीको सजाय माफी दिएका छन्।
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend