काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ४८ वर्षदेखि समस्याग्रस्त जडिबुटी-कोटेश्वर-तीनकुने सडक निर्माणको समस्या सुल्झाउन पहल थालेका छन् ।
जडिबुटी-कोटेश्वर-तीनकुने सडक खण्डमा दैनिक लाखौं नागरिक आवजजावत गर्छन् । बिहान र साँझ अत्यधिक जाम हुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । नागरिकले सास्ती पाउनुको प्रमुख कारण हो ‘मुआब्जा समस्या’ ।
२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तार हुन सकेको थिएन ।
करिब पाँच दशक लामो समस्या सुझाउन मन्त्री ज्वालाले आइतबार पहल थालेका छन् । सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरवारमा छलफलमा उनले उक्त समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि उच्च चासो देखाएको जानकारी दिए ।
‘‘कुनै पनि देशको अवस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदै गर्दा जामको ताँतीले हाम्रो सडक र यातायातको चित्र देखाउँछ’, मन्त्री ज्वालाले भने, ‘अब रमिते भएर दैनिक लाखौं नागरिकको समस्या हेरिरहन सक्दैनौं ।’
जडिबुटी-कोटेश्वर-तीनकुने सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्तिसमेत तोकेका छन् । सरोकारवाला निकायसँग समन्वय गर्न र आवश्यक पहल गर्न उनले सडक विभागका उपमहानिर्देशक विजय जैसीलाई समन्वय व्यक्ति तोकेका छन् ।
छलफलमा मन्त्री ज्वालासँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम बिष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, काठमाडौं महानगरपालिका वडा नं ३२ का वडाअध्यक्ष नवराज पराजुलीको उपस्थिति थियो ।
त्यस्तै विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक विजय जैसी, सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव जनकराज शर्मा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र दातृनिकाय जाइकाका प्रतिनिधि श्रीराम ढकाल पनि सहभागी थिए ।
छलफलमा सोही क्षेत्रका वडा अध्यक्ष नवराज पराजुलीले ४८ वर्ष लामो समस्या समाधानका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend