Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टर्कीमा राष्ट्रपति चयनका लागि आज दोस्रो चरणको मतदान हुँदै


    आइतबार, जेष्ठ १४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • एजेन्सी। टर्कीमा आज नयाँ राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान हुँदै छ। पहिलो चरणको निर्वाचनमा वर्तमान राष्ट्रपति रेसेप तैयप अर्दोआन र उनका प्रतिद्वन्द्वी कमल कलचदारलुमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न सकेनन् । त्यसैले अहिले यी दुईबीच दोस्रो चरणको निर्वाचन हुँदैछ ।

    टर्कीमा राष्ट्रपति बन्न ५० प्रतिशतभन्दा बढी मत चाहिन्छ। कुनै पनि उम्मेदवारले त्यति धेरै मत पाउन सकेन भने दोस्रो चरणको मतदानको अवस्था आउँछ ।

    टर्कीमा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा अर्दोआनले ४९.५ प्रतिशत मत पाएका थिए भने कमल कलचादारलुले ४४.५ प्रतिशत मात्रै मत ल्याएका थिए ।

    अर्दोन २० वर्षदेखि टर्कीमा सत्तामा छन्। राष्ट्रपति चयनका लागि टर्कीको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतदान हुन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार