काठमाडौं । असार पहिलो सातादेखि सुरु गर्ने गरी काठमाडौँ–सिड्नी उडान तयारी अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौता अनुसार हाललाई साताको दुई उडान तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।
नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार सिङ्गापुरमा टेक्निकल ट्रान्जिट (हवाई इन्धन भर्ने) गरी सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति पाएसँगै असार पहिलो सातादेखि उडान नियमित हुने छ ।
उनले भने, “निगमले असार ६ गते पहिलो उडान गर्ने गरी गरेको प्रस्ताव अनुसार बिहीबार र शनिबारका लागि उडान अवतरण गर्ने समय (स्लट) पाएको छ । सोही आधारमा अस्ट्रेलियाको नियमन निकायसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाइसकेका छौँ ।” भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवातर्फ समेत छनोट प्रव्रिmया चलिरहेको बताउँदै उनले दुई साताभित्र सबै प्रक्रिया पूरा गरेर उडान सुरुवात गर्ने तयारीमा रहेको जानकारी दिए ।
उनले उडानका लागि निगमले जिएसए (जनरल सेल्स एजेन्ट) छनोट, सिङ्गापुर र सिड्नीमा इन्धनका लागि कम्पनी छनोट प्रक्रियाको काम गरिरहेको उल्लेख गरे। सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टनेन्स, मर्मत र अपरेसन) छनोट भइसकेको बताउँदै उनले हाललाई वाइडबडी ‘ए’ ३३० विमानबाट उडान हुने जानकारी दिए ।
दुई लाख हाराहारी नेपाली बसोबास गर्दै आएका अस्ट्रेलियामा सिधा उडान नहुँदा लामो ट्रान्जिटमार्फत आहोरदोहोर गर्नुपर्ने बाध्यता छ। सिधा हवाई सेवा सुचारु भएसँगै सिड्नीबाहेकका सहरमा जाने यात्रुलाई यही बाटो प्रयोग गर्न सहज हुने छ।
सिड्नी–काठमाडौँको हवाई दूरी लगभग १० हजार किलोमिटर रहेको छ। सिधा उडान सञ्चालनमा आएसँगै सिड्नी आसपासका क्षेत्र क्यानबेरा, गोलवन, वागावागा, डब्बोलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताएको छ...
काठमाडौँ । प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र ९एयरस्पेस०को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी...
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend