काठमाडौं । दक्षिण कोरियामा आकाशमा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोलेपछि विमानमा सवार १२ जना यात्रु घाइते भएका छन् ।
शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन निकास (एक्जिट) ढोका खोलेका थिए, जसको कारण जहाजभित्र हावा पसेर यात्रीलाई सास फेर्न गाह्रो हुँदा १२ जना घाइते भएका थिए । यद्यपि जहाजका चालकदलले विमान सकुशल अवतरण गरेका थिए ।
एसियाना एयरलाइन्सको एयरबस ए३२१ विमानमा सवार एक व्यक्तिले उक्त आपतकालीन ढोका आंशिक रुपमा खाेलेका थिए । जहाजमा सवार अन्य यात्रुले रोक्दा ढोका पूर्ण रुपमा खुल्न पाएन । यसले गर्दा सम्भावित घटना टरेको थियो । ती व्यक्तिलाई हवाई सुरक्षा कानून उल्लंघन गरेको आराेपमा विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त व्यक्तिको पहिचान भने खुलाइएको छैन ।
१९४ जना यात्रु बोकेको उक्त विमान दक्षिणी टापु जेजुबाट दक्षिणपूर्वी सहर डेगुतर्फ गइरहेको थियो । उडान सामान्यत: करिब एक घण्टाको हुन्छ । विमान ७०० फिट को उचाइमा डेगु एयरपोर्ट पुग्नै लाग्दा यो घटना भएको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend