काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबी अब देश छोडेर अन्त जान नपाउने भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरानको नाम ‘नो फ्लाई लिस्ट’ मा परेको छ ।
अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो । त्यसपछि देशमा चरम हिंसा भयो र सो हिँसामा ८ जनाको मृत्यु भएको थियो । इमरानका समर्थकहरूले सेनाको बेसमा आक्रमण गरेका थिए र जिन्ना हाउस समेत जलाइएको थियो ।
इमरानविरुद्ध आतंकवाद विरोधी ऐन सहित करिब १४० वटा मुद्दा दर्ता छन् । सेनाले पनि इमरानलाई मे ९ मा भएको हिंसाको मास्टरमाइन्ड मानिरहेको छ । यसअघि उनीविरुद्ध बलियो प्रमाण संकलन भइरहेको छ । यही कारणले खान–बुशरासहित ६ सय जनाको नाम नो फ्लाई लिस्टमा राखिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।
अर्कातर्फ सेना प्रमुख जनरल असिम मुनीरले इमरानलाई चेतावनी दिदै सेनाको आधारमा आक्रमण गर्नेलाई नछोड्ने बताएका छन् ।
नो फ्लाई लिस्टमा इमरानको नाम समावेश भएको जानकारी ‘पाकिस्तान डेली’ ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै दिएको हो । तर पाकिस्तानको शाहबाज शरीफ सरकारले यसबारे केही बताएको छैन ।
इमरानका समर्थकले सेनाको बेसमा आक्रमण गरेको घटनापछि इमरानको पार्टीका नजिकका साथीहरूले उनलाई छोडेका छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend