Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लघुवित्तका ऋणीलाई सहुलियत


    शुक्रबार, जेष्ठ १२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।

    राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।

    मौद्रिक नीतिको तेस्रो समीक्षाकै कार्यान्वयन गर्दै लघुवित्त कम्पनीका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि कर्जा पुनर्तालिकीकरण अथवा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार