काठमाडौं । लघुवित्त वित्तीय संस्थाका ऋणीले पनि सहुलियत पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाका ऋणीलाई पनि सहुलियत दिएको हो । राष्ट्र बैङ्कले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्त कम्पनीका ऋणीले तिर्न बाँकी ब्याजको न्यूनतम पाँच प्रतिशत ब्याज रकम तिरेर आफ्नो ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरिदिएको हो ।
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई असार मसान्तसम्म कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।
मौद्रिक नीतिको तेस्रो समीक्षाकै कार्यान्वयन गर्दै लघुवित्त कम्पनीका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै राष्ट्र बैङ्कले आवश्यक र औचित्यका आधारमा एक पटकका लागि कर्जा पुनर्तालिकीकरण अथवा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिदिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend