Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा पुग्यो


    बिहिबार, जेष्ठ ११ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चिनियाँ दूतावासको टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भेट्न पार्टी कार्यालय बसुन्धरा पुगेको छ ।

    चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो।

    छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल थिए।

    भेट कुनै कार्यसूचीमा आधारित नभई कूटनीतिक शिष्टाचारमात्रै भएको रावलले बताइन्।

    पार्टी कार्यालय बसुन्धरामा संक्षिप्त भेटघाट भयो,’ रावलले भनिन्, ‘भेटघाटमा नेपाल–चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार