काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले संसद्मा भ्रष्टाचारको विषय उठाउँदा सरकारले कुनै जवाफ नदिएको भन्दै आक्रोश पोखेका छन्।
आज संसदको शून्य समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थीको विषयमा सुनियोजित केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नहरुको जवाफ नदिने बताएका हुन्।
उनले भने, ‘त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस्। भ्रष्टाचारको कुरा पटक-पटक विभिन्न फोरममा उठाउँछौं, सबैभन्दात्यसमा पनि संसदमा विशेष उठाउँछौं। तर जवाफ आउँदैन। सरकार पक्षले जवाफ दिँदैन।’
उनले ४ पटक जानकी मन्दिरको टायल र विद्युतको भ्रष्टाचारको विषयमा कुरा उठाएपनि जवाफ नआएको उल्लेख गरे।
उनले भ्रष्टाचारको विषयमा जवाफ पाउन अनसन बस्नपर्ने हो भन्दै प्रश्न गरे। झाले भने,‘सत्ता पक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता अवस्थामा हामीलाई पनि त्यहि सन्देश दिन खोजेको हो सरकारले ? कि गएर अनसन बस अनि जवाफ पाउँछौं। यदि त्यसो हो भने हामी तयार छौं।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend