Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन


    सोमबार, जेष्ठ ८ २०८०
    1.6K
    Shares
    Upendra Yadav, Samajwadi Party-Nepal
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

    जसपा संसदीय दलको आज बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको पार्टीका एक नेताले जानकारी दिए।

    यादव यहि वैशाख १० गते भएको उपचुनावमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसद यात्रा तय गरेका हुन्।

    उनी गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका थिए।

    बारा क्षेत्र नं २ बाट जसपाका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि उपनिर्वाचन भएको हो। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार