Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भदौ २६ मा स्थायी समिति बैठक बोलाउन ओली-प्रचण्ड सहमत


    सोमबार, भाद्र २२ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकको मितिमा पार्टीका दुई अध्यक्षबीच सहमति भएको छ । लामो समयदेखि रोकिएको बैठक आगामी भदौ २६ गते बोलाउन सहमति भएको हो ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको स्रोतले बताएको छ । सोमबार बिहान भएको छलफलमा पार्टी महासचिव विष्णु पौडेल पनि सहभागी थिए । 

    नेकपा स्थायी समिति बैठक गत साउन १३ गतेदेखि बस्न सकेको छैन। प्रम ओलीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोपछि नै नेकपा विवाद बढेको थियो । तर पछिल्लो समय नेकपाले ६ सदस्यीय कार्यदल बनाइ विवाद समाधानको आधार तयार गरिसकेको थाहा भएको छ । 

    सो कार्यदलले पेश गरेको सुझावसहितको प्रतिवेदन यसअघि नेकपा सचिवालयमा पेश भैसकेको छ । सोही प्रतिवेदन अब स्थायी समित बैठकमा समेत पेश हुने भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार