Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • योगेश भट्टराईको प्रश्न- कांग्रेसले जनयुद्ध स्वीकार गरेकै हो ?


    सोमबार, जेष्ठ ८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसलाई सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन् ।

    नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले ०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको बताए ।

    सोभियत युनियन ढलेको र समाजवादी राज्य व्यवस्थामाथि ठूलो संकट आएको बेला अमेरिकी लेखक फ्रान्सिस फुकुयामाले समाजवादी विचारको अन्त्य भयो भन्ने सन्दर्भमा ‘इण्ड अफ दि हिस्टी’ लेखेको चर्चा गर्दै उनले अघि, ‘त्यो कुरालाई हामीले अस्वीकार गर्‍यौं । दुनियाँका मार्क्सवादीहरुले अस्वीकार गरे ।’

    दुनियाँका माक्र्सवाद फेरि पुनर्जाग्रित भएर आएको भन्दै उनले अघि भने, ‘आज कता–कता के लाग्छ भने फुकुयामाले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको एउटा निक्छरो नेपाली कांग्रेसको हालत देखेर कांग्रेसकै लागि यो लेख्नु भएको हो कि भन्ने लागिरहेको छ ।’

    यदि एक नम्बर बुँदा स्वीकार गर्छ भने कांग्रेसको इतिहासकै अन्त्य हुने उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार