Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


    आइतबार, जेष्ठ ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ गठबन्धन बनेपछि आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन्।

    नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम उनले मन्त्रिपरिषद विस्तार गरेका हुन्।

    मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज शपथ ग्रहण गरेका हुन् ।

    बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

    नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गरेका छन भने नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार