चितवन । पूर्वपश्चिम महेन्द्र राजमार्गको टिकौली जंगलमा आज आइतबार मध्याह्न खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा अर्काे एक जना सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा स्कुटरका चालक भरतपुर महानगरपालिका–११ बस्ने २० वर्षीय सागर तमाङ रहेका छन् ।
त्यसैगरी स्कुटरको पछाडि बसेका भरतपुर–११ कै २० वर्षीय विशान्त ढकाल सख्त घाइते भएका छन् ।
आइतबार मध्याह्न पौने १२ बजेतिर भरतपुर महानगरपालिका–१२ मा पर्ने टिकौली जंगल क्षेत्रमा रत्ननगर टाँडीबाट भरतपुर आउँदै गरेको ना ४ ख ६६७४ नं को ग्यास सिलिन्डर बोक्ने ट्रकले सोही दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश ०३–००२प ७६८८ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको डिएसपी पण्डितले बताए । ठक्करपछि ट्रक पनि सडक छेउमा पल्टेको थियो ।
गम्भीर घाइते अवस्थामा उपचारका लागि अस्पताल ल्याइएका स्कुटर चालक सागर तमाङलाई उपचारका क्रममा चिकित्सकले मध्याह्न साढे १२ बजे मृत घोषणा गरेको डिएसपी पण्डितले बताए ।
ट्रक चालक तनहुँ जिल्ला घुमाउने नगरपालिका– ४ बस्ने ५० वर्षीय ढकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend