Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगनले भने- यात्रीको दर्ता प्रक्रियामा पुनः समस्या देखियो


    आइतबार, जेष्ठ ७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यात्री दर्ता प्रक्रियामा पुनः समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आजको आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘यात्रीको दर्ता प्रक्रियामा समस्या देखिएको छ । सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ ।

    पहिले कानुन थिएन दर्ता भएन । अहिले कानुन बन्यो दर्ता भयो तर आफैँ ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् ? तैँले जरिवाना तिर्नुपर्छ । सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ ? फेरि यो विषय उद्यमीसँग मात्र सम्बन्धित छैन । स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित छ ।

    त्यसैले स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु । उपभोग बढाउँछु भन्ने नीति बोकेर हिँडेको सरकारले असल नियतका साथ काम गरिरहेको उद्यमीहरूलाई निरुत्साहित हुन नदेओस् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार